१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीहरु सरकारबाट संरक्षित छन्ः एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।

शनिवार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भयो । उहाँले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको वचत डुबेको बताउनु भयो । त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताउनु भयो ।

मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताउनु भयो । समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निस्कर्ष पार्टीको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको वचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिए अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ । मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ ।’

पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ ।