१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु
अ अ+ अ-

एजेन्सी । जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ । क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो ।

जर्मनीको यो पटकको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ। सन् १९९० मा पुनः एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो। जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य थिए। तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए।

दोस्रो दल एएफडीलाई २० प्रतिशत मत

चरम दक्षिणपन्थी दल ‘अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ। यो दलले २० प्रतिशत मत पाएको छ ।

“आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ,” मेट्र्सले खुसी मनाइरहेका आफ्ना समर्थकहरूलाई बर्लिनमा सम्बोधन गर्दै भन्नुभयो । उहाँले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताउनुभयो ।

प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो। मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ।

सोमवार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशतभन्दा बढी मत पाएको देखिएको छ ।

यसैबीच, निर्वाचन परिणामपछि मतदाता तथा शुभचिन्तकहरूलाई सान्त्वना दिँदै एएफडीका चान्सलरका उम्मेदवार बाइडलले भन्नुभयो, “मर्जको पार्टीले गठबन्धन सरकार बनाए पनि त्यो सफल हुनेछैन ।”

उहाँले भन्नुभयो, “जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन्। मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन। हामी ताजा चुनावमा जान्छौँ ।”

पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ। हालका चान्सलर ओलाफ स्कोल्जको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ।

स्कोल्जले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो।

गठबन्धन बहस सुुरु

मर्जले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गर्नुभएको थियो रेका थिए। त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उहाँको चुनावी वाचा थियो।

मर्जको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ। मर्जले गठबन्धन गर्ने सम्भावना देखिएको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ। उक्त दलले १६।४ प्रतिशत मात्रै मत पाएको छ ।

सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ स्कोल्जले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएको बताउँदै गठबन्धन सरकार बनाउने वार्तामा आफू सहभागी नहुने बताउनुभएको छ ।

यसअघि सीडीयूको कमजोर प्रदर्शनका कारण दुई वटा दलको मात्रै गठबन्धन सरकार बन्नेमा आशङ्का गरिएको थियो।

जर्मनीमा चार वर्षसम्म तीन वटा पार्टीको गठबन्धनले सरकार चलाएको थियो। मर्जको दलका लागि अर्को भरपर्दो साझेदार ग्रीन्स हो तर उक्त दलका प्रमुखलाई मर्जले मतदानअघि नै ‘हिट पम्प’का प्रतिनिधि भनेर खिल्ली उडाएका थिए।

युक्रेनलाई सहयोग बढाउने प्रतिवद्धता

सन् २०२४ को नोभेम्बरमा ६९ वर्ष पुगेका मर्ज यसअघि कहिल्यै मन्त्री हुुनुभएको थिएन । उहाँले युरोपमा बलियो नेतृत्व दिने वाचा गर्नुभएको थियो आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उहाँले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गर्नुभएको छ ।

जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलोन मस्कले एफडीको नेतृत्वलाई खुलेर समर्थन गरेपछि त्यसले कैयौँ जर्मनहरूलाई चकित तुल्याएको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मर्जको जितलाई स्वागत गर्दै उहाँलाई बधाइ दिनुभएको छ ।

युरोपेली देशहरूले पनि मर्जको जितलाई स्वागत गरेका छन्। बेलायतेका प्रधानमन्त्री किअर स्टार्मरले दुवै देशको सुरक्षा बनाउन मेर्जसँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँेले विश्व र आफ्नो महादेशले सामना गरिरहेको चुनौतीविरुद्ध एक हुन आह्वान गर्नुभएको छ ।