६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मोबाइलका ब्याट्री र डिस्प्ले बरामद

मोबाइलका ब्याट्री र डिस्प्ले बरामद
सांकेतिक तस्बिर
अ+ अ-

कैलाली । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै रु तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी–३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी रु दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र डिस्प्ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। बरामद गरिएका ब्याट्री र डिस्प्ले आवश्यक कारवाहीका लागि आइतबार त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ । 

त्यसैगरी प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट भन्सार छलीका मोबाइल ब्याट्री र डिस्प्लेसहित एक जनालाई पक्राउ गरेको छ । धनगढी–१ स्थित मोबाइल रिपेयरिङ पसलबाट २०० थान मोबाइलका डिस्प्ले, ५६ थान मोबाइल टच, ३३ थान किबोर्डवाला मोबाइलको डिस्प्लेले, १०६ थान ब्याट्री, ७२ थान ब्याक कभर गरी रु एक लाख ६६ हजार ३६० बराबरका मोबाइल ब्याट्री र डिस्प्लेसहित पसलका सञ्चालक अमन अहमदलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

यस्तै प्रहरीको सोही टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट भन्सार छलीका ट्र्याक्टरका पार्टपुर्जा र सुपर पावर सुर्तीसहित एक जनालाई पक्राउ गरेको छ । ट्र्याक्टरका विभिन्न पार्टपुर्जा र सुपर पावर सुर्ती १७ थान पोका अन्दाजीरु ३५ हजार ८५० बराबरको समान लगिरहेको अस्थामा गोदावरी नगरपालिका–७ का धनबहादुर देउवालाई पक्राउ गरिएको जनाइएको छ । बरामद गरिएका सामानसहित देउवालाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।