१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

धौलागिरिका दुर्गम गाउँमा सडक सुविधा

धौलागिरिका दुर्गम गाउँमा सडक सुविधा
अ अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो ।

“किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो”, वडासदस्य समेत रहनुभएका उहाँले भन्नुभयो, “खच्चड, भरियामार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शुल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ ।”

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरवाङ, मुदी र मुना पुग्न थालेका छन् । धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयवासीलाई सुविधा पुगेको बताउनुभयो ।

धौलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रि खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् ।

“जलविद्युत् आयोजनासँगै विकट गाउँबस्तीमा यातायात सुविधा भित्रिएको छ”, उहाँले भन्नुभयो, “सीमित सरकारी बजेटबाट अक्करे भिर, पहरा छिचोलेर सडक बनाउन वर्षौं लाग्ने थियो । जलविद्युत् आयोजनाहरू भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ ।”

हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि १९ घरधुरी रहेको चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो ।

उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ । हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथिी ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीको एकल लगानीमा सिम्कोस दोभानस्थित बाँध निर्माणस्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ ।

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाको लागत साझेदारीमा धौलागिरि गाउँपालिका–४ को लामोछहरा केङ्कीदेखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो । खिवाङमा एक सय ८० घरपरिवारको बसोबास छ ।

अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युमपाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँदयाममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत् आयोजना निर्माण सुरू भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण् स्थल वडा नं ४ को भूगोलमा पर्छ ।

आइतबार धौलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १९२०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत् आयोजनासँग समन्वय गर्ने बताउनुभयो ।

उहाँले सडकको धुलोको समस्या समाधानका लागि जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई निर्देशन दिनुभयो । दरवाङ–बिम–ताकम–मुना–ढोरपाटन र धौलागिरि गाउँपालिका–४ जोड्ने सडकअन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्रि खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरू भएको उहाँले बताउनुभयो ।