३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.47

Wind: 2.06

Humidity: 35

Latest
स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता नदी सफाइका क्रममा मूर्ति भेटियो पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’ फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार उक्त सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।