२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व शान्ति र स्थायित्वका लागि १ लाख ५४ हजार नेपाली सेनाको योगदान



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो ।

नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताउनु भयो । उहाँले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भइ आजीवन असहज जीवनयापन गरिरहको समेत बताउनु भयो । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरुमा १ लाख ५४ हजार तीन सय चालिस जना नेपाली शान्ति सैनिकहरुले सहभागित जनाइसकेका छन् । यस महान कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरु घाइते हुन गइ आजिवन असहज जीवन यापन गरिरहेका छन् । हाल ११ वटा मिसनहरुमा नेपाली महिला सैनिक ६४२ सहित कूल पाँच हजार नौ सय १३ जना सैनिक शान्ति सैनिकको सहभागिताले फौज खटाइ योगदान गर्ने राष्ट्रहरुको मर्यादा क्रममा नेपाल महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचिमा अग्रणी स्थानमा रहेको जानकारी गराउन चाहन्छु ।’

नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा शिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ । नेपाली सेनाले मित्रराष्ट्रहरुका सेनासँग सैनिक तालिमहरु तथा सैनिक उच्च अधिकारीहरुको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कुटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरुसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।