१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
अ अ+ अ-

जानकी । जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक गर्ने उद्देश्यले यहाँ क्यामेरा जडान गरिएको हो ।

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लामा दिगो वन व्यवस्थापनका थुपै्र कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिन अन्तक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

“जिल्लाका विभिन्न ठाउँमा गरी आठ वटा नर्सरीबाट स्थानीय मागअनुसारको उच्च मूल्यका बिरुवा उत्पादन गर्न सुरु भइसकेको छ”, वन अधिकृत गुप्ताले भन्नुभयो, “आठवटै नर्सरीमा आठ लाख बिरुवा उत्पादन गर्न सुरु भएको छ । कुनै ठाउँमा बिरुवा छर्ने तयारी गरिएको छ भने कुनै ठाउँमा बिरुवालाई प्लास्टिकमा राखेर सुरक्षित गर्ने काम गरिएको छ ।” सहरी क्षेत्रमा लगाउने बिरुवाहरू उत्पादन गरिएको पनि उहाँले बताउनुभयो ।

राप्तिसोनारी–९ ढकेरीमा वनक्षेत्रको अतिक्रमण हटाएर बनाइएको उच्च प्रविधिको नर्सरीलाई श्रीखण्डको बिरुवा उत्पादनका लागि विशेष रूपमा निर्माण गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिनुभयो । करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात टहरा हटाएर उक्त हाइटेक नर्सरी निर्माण गरी चालु आर्थिक वर्षदेखि श्रीखण्डको बिरुवा उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आयआर्जनका लागि सामुदायिक वनमा लाहा खेती पनि सुरु गरिएको छ ।

बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको गुप्ताले बताउनुभयो । “हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौँ । यसले बाघको सङ्ख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ । साथै बाघ र आहारका प्रजाति पनि के–कति छन् रु भन्ने जानकारी लिन सकिन्छ ।” यसरी क्यामेरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ ।

जुलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० का कार्यक्रम अधिकृत सञ्जय कँडेलले कम्दी करिडोरमा जडान गरिएको क्यामेरा ट्र्यापिङले यस क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने बताउनुभयो । “जैविक मार्ग भनेको आफैँमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हो । बाघ तथा अन्य वन्यजन्तुहरू कुन दिशाबाट विचरण गरेका छन् भन्ने कुराको अध्ययन गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “आहार प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी प्राप्त हुन्छ ।”

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले स्थानीय सरकारले ऐन र कार्यविधि बनाएर वन वातावरण र जैविक विविधताका क्षेत्रमा काम गर्दै आएका बताउनुभयो । वन र वन्यजन्तुको उचित संरक्षणसँगै पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सबैको समन्वयात्मक प्रयास आवश्यक हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले वन्यजन्तुको व्यवस्थापन, बासस्थान र संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।” व्यवस्थापनका लागि प्राविधिक सहयोग बाँके र बर्दियास्थित राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाबाट आर्थिक सहयोग लिइएको उहाँले जानकारी दिनुभयो ।

“बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको सङ्ख्या निर्धारण गर्ने एउटा प्रमुख तत्व आहार प्रजाति भएको हुनाले अनुगमनमा पनि आहार समावेश गरिएको हो”, जेडएसएलका कार्यक्रम अधिकृत कँडेलले भन्नुभयो । उहाँका अनुसार अहिले बाघ तथा आहार प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर वन क्षेत्रमा ९५ वटा क्यामेरा जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामराबाट अनुगमन गरिने र प्राप्त विवरण सार्वजनिक गरिने उहाँको भनाइ छ ।