१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

सबैको रोजाइ बन्दै कुञ्जपार्क

सबैको रोजाइ बन्दै कुञ्जपार्क
अ अ+ अ-

तिलोत्तमा । बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्ज पार्क बनेको छ । उहाँलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ । उहाँले कुञ्जपार्क मनपर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताउनुहुन्छ ।

“पार्कमा पुग्दा मन आनन्द हुन्छ । बुटवलको कोलाहलले दिक्क बनाएका बेला त्यहाँ छुट्टै आनन्द आउँछ”, उहाँले भन्नुभयो, “त्यसैले धेरै पटक कहिले घुम्न, कहिले पिकनिकको बहानामा त्यहाँ धेरैपटक पुगेकी छु ।”

यता तिलोत्तमा नगरपालिका–६ कि अञ्जना अर्याल पनि धेरैपटक कुञ्ज पार्क पुगेको बताउनुहुन्छ । उहाँ पनि समय मिल्नासाथ त्यहाँ पुग्ने गरेको बताउनुहुन्छ । वनभोज र घुम्न धेरैपटक कुञ्ज पार्क गएको अञ्जनाले सुनाउनुभयो । केटाकेटी, युवायुवतीदेखि ज्येष्ठ नागरिकलाई पनि पार्क आकर्षणको केन्द्र बनेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको कुञ्जपार्क पछिल्लो समय धेरैको रोजाइमा परेको छ । कुञ्जपार्कमा दैनिक करिब तीन सयको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् । रुपन्देहीसँगै कपिलवस्तु, पाल्पा र भारतको नौतनहवाबाट पार्क अवलोकनका लागि पर्यटक पुग्ने गरेको पार्कका अध्यक्ष लोक पुनले बताउनुभयो ।

पार्कमा घुम्न र यहाँको शान्त मनोरम वातावरणमा अनन्द लिन मासिक १० हजारको सङ्ख्यामा पर्यटकहरु आउने गरेको पार्कका कोषाध्यक्ष धनेन्द्र पौडेल बताउनुहुन्छ । उहाँले वनभोजको समय र अन्य समयमा गरी प्रवेश शुल्क टिकटबाट वार्षिक करिब रु ४० लाख आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । यसबाट पार्कमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आवश्यकताअनुसार आंशिक रुपमा धेरैले यहाँ काम गर्ने अवसर पाएका छन् ।

विसं २०६६ मा स्थापना भएको पार्कको मुख्य विशेषता त्यहाँ रहेको तलाउ हो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको सो पोखरीमा सयरका लागि तीन वटा डुङ्गा सञ्चालनमा छन् । जाडो होस् वा गर्मी मौसम सो डुङ्गा कहिल्यै खाली हुँदैन । डुङ्गा सयर गर्दा रु ५० शुल्क तोकिएको छ । यसबाहेक छ वटा पिकनिक सेडहरु निर्माण गरिएका छन् । पार्कमा रहेका पानीका फोहरा, कुञ्ज क्याफे, मनमोहक बगैँचा, पुरानो समइमाई मन्दिर, बाल उद्यान, हरियाली र शान्त वातावरणको कारण त्यहाँ पुग्नेहरुको भीड हुने र वनभोजको समयमा निकै भिडभाड हुने गरेको पार्कका कोषाध्यक्ष पौडेल बताउनुहुन्छ । पार्क करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ ।

शताब्दी अगाडि तराईवासीहरुको बासस्थान रहेको सो ठाउँमा थारु समुदायकी महिला कुञ्जलीले तलाउ खनेको कथन २०२० सालमा नै अग्रजबाट सुनेको पार्कका सल्लाहकार पदमबहादुर थापाले बताउनुभयो । पहिले झाडी भएको ठाउँलाई विस्तारै सफा गर्दै पाँच वर्षदेखि कुञ्जपार्कका रुपमा व्यवस्थापन हुँदै आएको छ ।

पार्कसँगै जोडिएको उमा आधारभूत विद्यालयको चार बिघा जग्गा ३० वर्षका लागि भाडामा लिएर यसको विस्तार गर्ने योजना रहेको पौडेलले बताउनुभयो । “अब सो पार्क रात्रिकालीन पार्क बनाउन रातिको समयमा पार्कमा साङ्गीतिक धुनमा पानीका फोहोरासहित लेजर लाइट जडान गरिने योजना रहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि तिलोत्तमा नगरपालिकाबाट रु एक करोड एक लाखको बजेटसमेत विनियोजन भइसकेको छ ।” ‘भिजिट लुम्बिनी स्टे’ तिलोत्तमाको नारालाई पनि सार्थक पार्न रात्रिकालीन पार्क सञ्चालन गर्ने र पाहुनालाई त्यही बसाल्नका लागि घरबास ९होमस्टे० सञ्चालनको योजनासमेत रहेको उहाँ बताउनुहुन्छ । रासस