१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप

प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
अ अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेको बताउनु भयो । उहाँले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताउनु भयो । उहाँले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजेपनि सरकार अध्यादेशको पासोमा परेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अझैपनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरुले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदधन विघटन गरेको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटी विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ, बहुमत त हजार कोष टाढाको कुरा भयो तर उनलाई त्यो लागिरहेको छ र सदन विघटन गर्नेतिर नै उद्यत भइरहेका छन् ।’

उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाउनु भयो । उहाँले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिइ हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गर्नुभयो । –