३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको अरोप



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने बताउनुभएको छ ।

आईतवार ललितपुरको ग्वार्कोमा पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन कार्याक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गरिरहेको बताउनु भयो । उहाँले वैकल्पिक विचारले वैकल्पिक शक्ति निर्माण गर्ने र त्यो जनहितमा प्रयोग गर्न संगठन निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी मुलुकको वैकल्पिक विचार, वैकल्पिक शक्ति निर्माण गरेर अगाडि बढ्ने अठोटका साथमा संगठित भएको छ । विगतदेखि पनि हामीले समाजवादको वैकल्पिक विचारको श्रृङ्खला निर्माण गर्ने कामको प्रारम्भ गरेका छौँ । र आगामी दिनमा व्यवहारमा समृद्ध बनाउँदै जानेछौँ र वैकल्पिक विचार भएपछि त्यसले वैकल्पिक शक्ति निर्माण गर्न अनिवार्य हुन्छ । त्यो विचारलाई स्थापित र कार्यान्वयन गर्न, देश र जनताको हितमा प्रयोग गर्नका लागि । त्यसो भएकाले हामीले संगठन निर्माणको काममा अनुशासित ढंगले लाग्नुपर्ने आवश्यकतालाई परिपूर्ति गर्नलाई पनि केन्द्रिय कार्यालयले महत्वपूर्ण सहयोग गर्नेछ ।’

अध्यक्ष राईले पुराना पार्टीहरु पुरानै कार्याशैलीका कारण जनताको विश्वास गुमाउँदै गएको आरोप लगाउनु भयो । उहाँले जनताको आकांक्षा पूरा गर्न नसक्ने पुराना दलको विकल्पको रुपमा जनता समाजवादी पार्टीको उदय भएको दाबी गर्नुभयो ।–