२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । आपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ ।

साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरूवा बन्दुक र बारूदसहित नियन्त्रण्मा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ । रासस