१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

काँग्रेस-माओवादी सरकार भएको बेला अर्थमन्त्रीको हैसियतमा मैले एमसिसीमा हस्ताक्षर गरेको हुँः ज्ञानेन्द्रबहादुर कार्की

काँग्रेस-माओवादी सरकार भएको बेला अर्थमन्त्रीको हैसियतमा मैले एमसिसीमा हस्ताक्षर गरेको हुँः ज्ञानेन्द्रबहादुर कार्की
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताउनुभएको छ ।

अर्थ समितिको आईतवारको बैठकमा उहाँले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र काँग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताउनुभएको हो ।

समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गर्नुभएको थियो । सोही प्रश्नको जवाफ दिँदै उहाँले एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएको बताउनु भयो । सरकारको नेतृत्व गर्नेहरु सबैले एमसिसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसिसी अनुमोदन भएको बताउनु भयो । यसबारेमा छुट्टै समीक्षा गर्न सकिने उहाँको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरुको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक जना मान्यज्युले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसिसीको बारेमा बोल्नुभयो । एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसिसी अघि बढाउनुभएको थियो । एमसिसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो । यि सबै विषयलाई कसरी प्रश्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनटेले त्यसबाट पारित भएका कुराहरुअनुसार नै अघि बढ्ला ।’

उहाँले भन्सारसम्बन्धी कानूनमा भइरहेको छलफललाई नै निरन्तरता दिने हो भने कार्यकालभर छलफलमा मात्रै सिमित हुने स्थिति बनेको बताउनु भयो ।