१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्वः उद्योगमन्त्री भण्डारीले

स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्वः उद्योगमन्त्री भण्डारीले
अ अ+ अ-

ओखलढुंगा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई संघ, प्रदेश, र स्थानीय तीनै तहका सरकारहरूले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शनिबार ओखलढुंगाको लिखु गाउँपालिका(३ मा आयोजित नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे ।

मन्त्री भण्डारीले भने, “मेरो मन्त्रालयमा प्रयोग गरिने सबै टेबल, कुर्सी तथा अन्य सामग्री नेपाली उत्पादनकै हुन् । स्थानीय सरकारले पनि नेपाली माटोमा उत्पादन भएका तथा नेपाली उद्योगमा निर्मित वस्तुहरूको उपभोगलाई प्राथमिकता दिनुपर्छ। त्यसको ब्रान्डिङ र बजारीकरणका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ।”

उनले लिखु गाउँपालिकाले स्थानीय उत्पादनको उपभोगलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै भने, “आजबाट लिखु गाउँपालिकाभित्र उत्पादित वस्तुको पहिलो उपभोक्ता यही गाउँपालिका नै हुनुपर्छ।”

मन्त्री भण्डारीले गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले मन्त्रालयसमक्ष लिखुको स्थानीय उद्योग स्थापनाबारे केही प्रस्ताव ल्याएको भन्दै त्यसमा काम गर्ने बताए । उनले स्थानीयस्तरमा उद्योग स्थापना गरेर पहिलो उपभोग स्थानीय सरकारमार्फत नै गर्नेगरी सरकारले सघाउने आश्वासन समेत दिए ।

मन्त्री भण्डारीले ओखलढुंगाका सडक तथा अन्य विकाससम्बन्धी मागहरू संघीय सरकारसम्म पुर्याउने र आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सव स्थल अवलोकन गर्ने क्रममा उनले स्थानीय उत्पादनका स्टलहरू भ्रमण गर्दै केही उत्पादनहरू समेत खरिद गरेका थिए।

नर्मदेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा पर्यटन तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित नर्मदेश्वर महोत्सवमा स्थानीय समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरे।

कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा, कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का, वडा नम्बर ३ का वडाध्यक्ष सोकर्ण श्रेष्ठलगायतले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो व्यक्त गरे।

वडाध्यक्ष श्रेष्ठका अनुसार “पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव” भन्ने मूल नारासहित आयोजित महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।