१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

कम्बोडियामा ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु

कम्बोडियामा ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु
अ अ+ अ-

एजेन्सी । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको एक अधिकारीले आइतबार बताएका छन् ।

सन् १९८० र १९९० को दशकमा कम्बोडियाली सरकारी सैनिक र खमेर रुज लडाकुका लागि युद्धस्थल रहेको उत्तरपश्चिमी सिम रिप प्रान्तको दुर्गम गाउँमा शनिबार विस्फोट भएको हो ।

मृत्यु हुनेमा दुई वर्षका एक बालक र एक बालिका रहेका छन् ।

कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) का महानिर्देशक हेङ रतनाले एएफपीसँग भन्नुभयो, “अनुसन्धान प्रतिवेदनअनुसार दुई जना बालबालिका खेल्ने क्रममा जमिनमा माटो खनिरहेको बेला खन्ने औजारले ग्रिनेडलाई कोप्दा विस्फोट भएको र विस्फोटका कारण ती दुई बालबबालिकाको ज्यान गएको छ ।”

उहाँकाअनुसार एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

“कम्बोडियामा पूर्ण रूपमा युद्ध समाप्त भएको छ र २५ वर्षभन्दा बढी समयदेखि शान्ति छ तर बारूदी सुरङ्ग र युद्धका अवशेषका कारण कम्बोडियाली जनताको रगत बगिरहेको छ,” हेङ रतनाले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि विदेशी सहायता रोक्का गर्ने आदेश दिएपछि वासिङ्टनले अचानक आर्थिक सहयोग रोकेपछि कम्बोडियाले केही हप्ताका लागि डिमाइनिङ अपरेसन आंशिक रूपमा स्थगन गरेका समय यो दुर्घटना भएको हो ।

शुक्रबार कम्बोडियाली अधिकारीहरूले अमेरिकाले देशमा कामको लागि वित्त पोषण जारी राख्नको लागि छूट प्रदान गरेपछि नफुटेका युद्ध सामग्रीहरू सफा गर्ने कार्यलाई निरन्तरता दिइनुपर्ने बारूदी सुरूङ सफाई अधिकारीले बताएका छन् ।

कम्बोडियामा सन् १९६० को दशकदेखि सुरु भएको दशकौँ लामो युद्धका समय फ्याँकिएका गोलाबारुद र हातहतियार अहिले पनि व्यापक रूपमा भेटिने गरेका छन् ।

सन् १९९८ मा ३० वर्षभन्दा लामो गृहयुद्ध अन्त्य भएपछि कम्बोडियामा विस्फोटक पदार्थ हटाउन विश्वको सबैभन्दा बढी समय लगानी गरी ती हतियारलाई उत्खनन गरिएको छ ।

सन् १९७९ यता बारूदी हतियारका विस्फोटका कारण २० हजार जनाको मृत्यु भएको र त्योभन्दा दोब्बर घाइते भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत महिना कम्बोडियाको धानखेतबाट दशकौं पुरानो विस्फोटक पदार्थसहितको ट्याङ्की हटाउने क्रममा दुई जना कम्बोडियाली अधिकारीको मृत्यु भएको थियो भने एक गाउँलेको खेतमा अलपत्र छोडिएको पूरानो वम विस्फोट हुँदा मृत्यु भएको थियो ।

कम्बोडियामा करिब एक हजार ६०० वर्ग किलोमिटर (६२० वर्ग माइल) भन्दा बढी भूमि अझै सफा गर्न बाँकी छ जसले गर्दा लगभग १० लाख कम्बोडियालीहरू युद्धका अवशेषहरूबाट प्रभावित छन्।

कम्बोडियाले सन् २०२५ सम्ममा खानीमुक्त बनाउने लक्ष्य राखेको थियो तर सरकारले आर्थिक चुनौती र थाइ सीमामा भेटिएका नयाँ गोलाबारूदका कारण उक्त समयसीमालाई पाँच वर्ष पछाडि सारेको छ ।