१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी ओली कप फुटबल’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिष्पर्धा गर्ने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रतयोगिताको उद्घाटन हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ ।

फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मछिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन् । हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ ।