एजेन्सी । आइसीसी च्याम्पियन्स ट्रफी २०२५ मा आज (आइतबार) लामो समयदेखिका प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्ने भएका छन् ।
दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको यो खेल नेपाली समयअनुसार दिउँसोको २ः४५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा आज दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तान आज हारेको खण्डमा नकआउट चरणबाटै बाहिरिने छ ।
पछिल्लो पटक २०१७ को च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानका टोली दुई पटक आमनेसामने भएका थिए । समूह चरणमा भारत विजयी भएको थियो भने फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको थियो ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान अगाडि
भारत र पाकिस्तानबीच अहिलेसम्म १३५ ओडीआई खेलिएको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । ५ खेलमा नतिजा आएको छैन ।
दुवै टोली च्याम्पियन्स ट्रफीमा ५ पटक आमनेसामने भएका छन् । जसमा पाकिस्तानले ३ पटक र भारत २ पटक जितेको छ ।
दुबै टोलीको सम्भावित प्लेइङः ११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्डेय, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी र हर्षित राना।
पाकिस्तानः मोहम्मद रिजवान (कप्तान र विकेटकीपर), इमाम उल हक, साउद शकील, बाबर आजम, सलमान आगा, कामरान गुलामरतैयब ताहिर, खुशदिल शाह, नसीम शाह, शाहीन शाह अफ्रिदी, हरिस रउफ र अबरार अहमद।










