
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला प्रतितोला तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुप्रयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आईतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार नौ ७० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।