१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा पार्किङ शुल्क उठाउन ठेक्का आह्वान



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अगाडि रहेको सवारी साधन बिसान क्षेत्रमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आज एक सूचना जारी गर्दै पार्किङ शुल्क असुल्न विभिन्न सर्तसहितको ठेक्का आह्वान गरेको हो ।

विमानस्थलमा चर्को पार्किङ शुल्क असुल गरिएको भन्दै आलोचनाकोबिच कार्यालयले बोलपत्र आह्वान गरेको हो ।