२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि भेटियो



अ+ अ-

चितवन । त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव नौ दिनपछि आज फेला परेको छ ।

फागुन २ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा बेपत्ता भएका रानाको शव कालीखोला नजिकै फेला परेको प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

आज बिहान त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव फेला इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्ष निरला भण्डारीले बताए ।

चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका २७ वर्षीय राना बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा काठमाडौं हिडेका थिए । इच्छाकामना गाउँपालिका–५ मा उनी सवार मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा उनी त्रिशूलीमा खसेका थिए ।

रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




भर्खरै