६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा
अ+ अ-

सुदूरपश्चिम। कैलालीको गौरीगङ्गामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबारको खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब आन्तिम चारमा पुगेको छ ।

लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ ।

मधेस प्रदेशको नवजागृति क्लबलाई पराजित गरी सुदूरपश्चिम प्रदेश यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु १५ हजार पुरस्कार दिइने आयोजक गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको नाममा गौरीगङ्गा–११ स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालन गरेको हो ।

यही फागुन १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न प्रदेशका फुटबल टोलीको सहभागिता रहेको छ । रासस