२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा प्रकाशनको सञ्चालक समिति अध्यक्षमा शेखर गिरी निर्वाचित



अ+ अ-

काठमाडौँ। साझा प्रकाशनको सञ्चालक समिति अध्यक्ष पदमा शेखर गिरी निर्वाचित भएका छन्। साझा प्रकाशनको शनिबार सम्पन्न पच्चीसौँ साधारणसभाले गिरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

सञ्चालक समितिको सदस्यमा प्रा.डा. ध्रुव घिमिरे, मनोहर लामिछाने र जयन्ता पोखरेल चयन भएका छन्। लेखा सुपरीवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र वसुधा बस्नेत पाण्डे निर्वाचित भएको साझा प्रकाशनले जनाएको छ।

निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको रहनेछ। नवनिर्वाचित अध्यक्ष गिरीले अक्षरको मन्दिर साझा प्रकाशनलाई विस्तृत कार्ययोजना बनाई नयाँ ढाँचामा अगाडि बढाउने बताएका छन्।