४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छः नेता सिंह



अ+ अ-

धनुषा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन्।

नेपाली कांग्रेस धनुषाले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारे। ‘विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ। सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ’, नेता सिंहले भने।

उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको जिकिर गरे। ‘कांग्रेस बलियो छ। आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ। पार्टीभित्रका समस्या हामीले नै समाधान गर्ने हो। पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी संगठनलाई अघि बढाउन आवश्यक छ’, पूर्वमहामन्त्री सिंहले भने, ‘पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्तर एकता कायम हुन्छ। आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्य गर्छ। यसर्थ मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढौँ।’

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए। आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना र गुरु बराललगायतको सहभागिता रहेको थियो।रासस