१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

चितवन । सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा. जगन्नाथ तिवारीका अनुसार उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीन जनाको सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको डा. तिवारीले बताए । अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

योसहित चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ पुगेको छ । चितवनका मात्रै नौ जना संक्रमितको निधन भएको छ । अरु भने अन्य जिल्लाका हुन् ।