२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग छ- शंकर पोखरेल



अ+ अ-

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग रहेको बताएका छन् ।

पछिल्लो समय विभिन्न व्यक्ति र संघ–संस्थाहरू विदेशी अनुदानसँग जोडिएको चर्चा चलिरहेका बेला उनले यस्तो प्रष्टीकरण दिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको उल्लेख गर्दै नेतृत्व यसबाट अलग रहेको बताएका हुन् ।

उनले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका मानव अधिकार अभियन्ता गौरी प्रधानले कतै प्रसंगवस भनेको सन्दर्भ स्मरण गर्दै लेखेका छन्, ‘उहाँले भन्नु भएको थियो– मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैरसरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आवद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकी उनीहरू पारदर्शी रुपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिशतभन्दा बढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकी उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन् । उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन ।’

मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा (एमाले) को मुल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।