विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वकर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । सोमबार साँझ मृत्यु भएका धरान उपमहानगरपालिका(११ बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतक पुरुषको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृत्युपछि स्वाब संकलन गरिएका पुरुषको रिपोर्ट पोजेटिभ आएको र मृतकमा ज्वरो आउनुका साथै निमोनियाको समस्या देखिएको थियो ।
योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ ।











