६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

व्यवसायीमाथि कुटपिट भएपछि त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित

व्यवसायीमाथि कुटपिट भएपछि त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित
अ+ अ-

काठमाडौं । सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । 

सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए । सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफुमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताउनुभयो । दिउसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समुहले कुटपिट गरेको उहाँले बताउनुभयो ।  

व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिले सम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्नुभयो । उहाँले व्यवसायी माथि कुटपिट गर्नेहरुले बनाएको नियम गैह्र कानूनी भएको भन्दै राज्यले बन्द गर्न नभन्दा सम्म चौविसै घण्टा पसल सञ्चालन गर्ने बताउनुभयो । 

व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताउनुभयो । उहाँले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिम समेत बढेको बताउनुभयो । त्यसैले अवदेखि चौविसै घण्टा पसल खोल्ने सिलवालले बताउनुभयो । 

व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावस्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । त्यस्तै व्यवसायीको सुरक्षाका लागि प्रहरी रहेको भन्दै प्रहरीले निर्वाधरुपमा पसल सञ्चालन गर्न माइकिङ गरेको हो ।

सर्जिकल व्यवसायलाई सरकारले अत्यावस्यक सेवा अन्तर्गत राखेको छ । तर पनि त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरुले स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विहान ११ बजे देखि दिउसो २ बजे सम्म पसल सञ्चालन गर्दै आएका थिए । जोखिम मोलेर काम गरिरहेका व्यवसायीमाथि कुटपिट हुनुले आफुहरु असुरक्षित भएको महसुस भएको भन्दै घटनाको जिम्मेवारी केमसान, वडा कार्यालय र स्थानीय ब्वाइज युनियनले लिनुपर्ने व्यवसायीहरुले बताए ।