३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको मिनी अक्सन आज



अ+ अ-

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।

आजको अक्सनमा ‘ए’ र ‘बी’ ग्रेडका खेलाडीमा लिलामी हुनेछ। ‘सी’ क्याटगोरीका खेलाडीका लागि पछि छुट्टै ड्राफ्ट हुने आयोजकले जनाएको छ। खेलाडीलाई राम्रो अवसर दिन यस्तो नियम ल्याएको आयोजकले जनाएको छ।

आजको अक्सनमा ६० जना खेलाडी सामेल हुनेछन्। जसमा ‘ए’ क्याटगोरीको १५ र ‘बी’ का ४५ खेलाडीको सहभागिता रहनेछ। फ्रेन्चाइजहरुले ‘ए’ क्याटगोरीबाट एक खेलाडी, ‘बी’ बाट दुई खेलाडी रिटेन गर्न सक्नेछन्। तर, ती दोस्रो संस्करणमा सोही टोलीबाट खेलेको हुनुपर्नेछ।

अक्सन शनिबार बिहान १० बजे झम्सीखेलमा सुरु हुनेछ। अघिल्लो संस्करणमा ९ टोलीले खेलेको यो संस्करणमा ७ टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन्। यसपालि वीरगंज युनाइटेट र स्पोर्टिङ इलामले प्रतिस्पर्धा गर्ने छैनन्।

यसपाला हरेक टोलीमा २२ देखि २३ खेलाडी हुनेछन्। जसमध्ये १ जना मार्की खेलाडी रहने छन् भने २ देखि ३ ‘ए’ क्याटगोरीका खेलाडी हुनेछन्। यसमा एक जना रिटेन गरिएका खेलाडी हुनेछन्।