४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप्स अन्तरविद्यालय बास्केटबल सोमबारदेखि



अ+ अ-

काठमाडौं। टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज र सिनियर गल्र्समा गरी २५ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने टप्सका सचिव सुरज पोखरेलले बताए । सम्पूर्ण खर्च ल्यान्डमार्क एकेडेमीले व्यहोर्ने इसीए को–ओर्डिनेटर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका १ को साङलास्थित ल्यान्डमार्क एकेडेमीको कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।