३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप्स अन्तरविद्यालय बास्केटबल सोमबारदेखि



अ+ अ-

काठमाडौं। टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज र सिनियर गल्र्समा गरी २५ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने टप्सका सचिव सुरज पोखरेलले बताए । सम्पूर्ण खर्च ल्यान्डमार्क एकेडेमीले व्यहोर्ने इसीए को–ओर्डिनेटर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका १ को साङलास्थित ल्यान्डमार्क एकेडेमीको कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।