३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान सरकारद्वारा शहरी क्षेत्रमा आउने भालु मार्न पाउने व्यवस्था अनुमोदन



अ+ अ-

एजेन्सी । जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।

सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा देशभर भालुले २१९ जनालाई आक्रमण गरेको र छ भने छ जनाको मृत्यु भएको थियो ।

जलवायु परिवर्तनले भालुको खाद्य स्रोत र शीत निस्क्रियता ९हाइबरनेसन०को समयलाई प्रभावित गर्नुका साथै जन्मदरको कमीले आउने वृद्ध समाजका कारण जनावरहरू आहाराको खोजीमा बारम्बार शहरमा पसी आक्रमण गर्ने क्रम बढेको छ ।

आवश्यक प्रक्रियामा प्रशासनिक झन्झटका कारण हुने ढिलाइले जङ्गली जनावरको आक्रमणबाट मानव जीवन नै जोखिममा पर्ने गरेको व्यापक गुनासोपछि सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानून अन्तर्गत यस्तो जोखिमका समय ‘आपतकालीन गोली हान्ने’ अनुमति दिएको हो ।

वातावरण मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भन्नुभयो, “वातावरण मन्त्रालयले आगामी महिनाहरूमा विधेयक संसद्मा प्रस्तुत गर्ने र शरद ऋतुअघि नै पारित गर्नेछ।” हाल आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावरलाई गोली हान्न निषेध गरिएको छ ।

जापानमा विद्यमान् कानुनी प्रावधानका कारण जनघनत्व भएको क्षेत्रमा भालु छिर्दा पनि यसलाई प्रतिकार गर्न गोली हान्नका लागि प्रहरीले सर्वसाधारणलाई अनुमति दिँदैन ।

“प्रहरीले कुनै व्यक्तिमाथि आक्रमण हुन केही सेकेन्ड टाढा रहेको अवस्थामा मात्र यस्तो आदेश जारी गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भन्नुभयो । उहाँले भन्नुभयो, “हालको नियमअनुसार प्रहरीको स्वीकृति पाउन कोही खतरामा नपरेसम्म पर्खनुपर्ने हुन्छ ।

गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा एउटा भालुले दुई दिनसम्म हुलहुज्जत गरेको थियो।

यस आक्रमणमा एक ४७ वर्षीय व्यक्ति घाइते भएका थिए । जापानमा सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा नौ हजारभन्दा बढी भालु मारिएका थिए ।