१ असार २०८३, सोमबार
,
Latest
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा कोरोना सङ्क्रमित शून्य



अ+ अ-

रोल्पा । जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । देशैभर कोरोना सङ्क्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दैआएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या शून्य भएको हो ।

जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् । सङ्क्रमितमध्येका अन्य पाँच  सङ्क्रमित भने अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसी बताउनुहुन्छ । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेशनमा आइनपुगेकाले जिल्लाको कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या शून्य देखिएको हो । क्वारेन्टिनमा बसेका बखत आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक  देखिएको छ ।

जिल्ला कोरोनामुक्त भन्न मिल्दैन, जिल्लाको क्षेत्रभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना सङ्क्रमित हुन सक्ने भएकाले कोरोनामुक्त नभई कोरोना शून्य भएको अवस्था हो प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भन्नुभयो । “स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हँुदा त्यसको पोजेटिभ रिपोर्ट आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन”, प्रजिअ रानाले भन्नुभयो । 

कोरोना सक्रिय सङ्क्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय  तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका थिए । जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ ।

भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाटसमेत रोल्पा आवतजावत भइरहेको हँुदा जुनसुकै बेला कोरोना सङ्क्रमित देखिन सक्छन् । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट दुई हजार ३७९  र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनिल स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट  छन् भने सबभन्दा कम थवाड गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना  छन् । जिल्लामा हालसम्म दुई हजार ४८१ जनाको स्वाब सङ्कलन गरिएकामा दुई हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ । हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्ययासहितको २२ स्थानमा क्वारेन्टिन  छन् ।