१७ असार २०८३, बुधबार
,
Latest
देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्र्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी



अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी  शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिनुभयो । “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ ।” प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो । 




भर्खरै