१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको सम्बन्धविच्छेद

क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको सम्बन्धविच्छेद
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेद भएको छ । कानुनी प्रक्रिया पूरा गरेपछि दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् ।

अन्तिम निर्णय लिनु अघि दुबै विगत १८ महिनादेखि अलग बस्दै आएका थिए । लामो समयदेखि सामाजिक सञ्जालमा चहल र उनकी श्रीमती धनश्रीबीच सम्बन्धविच्छेद भएको हल्ला चलिरहेको थियो ।

यद्यपी, चहल र धनश्रीको आधिकारिक बयान भने आएको छैन । युजवेन्द्र र धनश्रीको विवाह ११ डिसेम्बर २०२० मा भएको थियो ।

धनश्री वर्माले झलक दिखला जा–११ को एपिसोडमा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा चहलले कसरी डान्स सिक्न आफूसँग सम्पर्क गरेको बताइन् । यसपछि धनश्री उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै एक अर्काको प्रेममा परे ।

सन् २०२३ मा युजवेन्द्रले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टोरी सेयर गरेका थिए, जसमा लेखिएको थियो, नयाँ जीवन आउँदैछ । यसपछि अभिनेत्री धनश्रीले इन्स्टाग्राममा आफ्नो प्रयोगकर्ता नामबाट चहल उपनाम हटाएकी थिइन् । यसपछि उनीहरुको सम्बन्धविच्छेदको हल्लाले तीव्रता पाएको थियो । तर, क्रिकेटरले पछि सम्बन्धविच्छेदको खबरलाई अफवाह भनेका थिए ।

युजवेन्द्र चहल अहिले भारतीय टोलिबाट बाहिर छन् । उनी २०२४ को टी–२० विश्वकप जित्ने टोलीमा थिए तर उनले एक खेल पनि खेल्ने मौका पाएनन् । उनले भारतका लागि जनवरी २०२३ मा अन्तिम ओडीआई खेलेका थिए भने अन्तिम टी–२० अगस्ट २०२३ मा खेलेका थिए । यसपछि पनि उनलाई पञ्जाब किङ्सले आईपीएल २०२५ को लिलामीमा १८ करोडमा किनेको थियो ।