९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–भारत व्यापार सम्झौता चाँडै – पियुष गोयल



अ+ अ-

नयाँदिल्ली । संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ । 

भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताउनुभएको छ । 

अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भन्नुभयो, “व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”

मन्त्री गोयलले अगाडि भन्नुभयो, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौं ।”

उहाँले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताउनुभयो । 

मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।