२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता



अ+ अ-

तनहुँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी एवं अभिवाकसँग आज बिहान भएको सङ्क्षिप्त भेटमा उहाँले ग्रामीण भेगका विद्यालयको भौतिक विकासका साथै प्राज्ञिक उन्नयनमा आफ्नो तथा पार्टीका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

निजी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी र सामुदायिकमा कम हुनुहुँदैन भन्दै उहाँले स्रोत–साधन पाएमा सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् ।” अध्यक्ष दाहालले उक्त विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।