५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.16

Wind: 1.03

Humidity: 54

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहिबार पछिल्लो रेकर्ड बराबर बनाएको सुन आज घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुन एक लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।