१७ असार २०८३, बुधबार
,
Latest
सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाउँदा बालिका बेपत्ता



अ+ अ-

बलेवा । भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ । बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।




भर्खरै