३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला फुटबलः लेबनानलाई हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १-० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल साबित्रा भण्डारीले गरिन् ।

उनले खेलको ४२ औं मिनेटमा गोल गरेकी हुन् । भण्डारीले डि-बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो ।

खेलको नवौं मिनेटमा लेबनानका क्रीस्टी मालोफले प्रहार गरेको बललाई नेपालका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । एन्जिलाले उक्त बललाई पोस्टमाथि फ्याँक्दै बचाइन् ।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो । बिमला चौधरीले डि-बक्स भित्रबाट गरेको प्रहार आकाशियो । खेलको १२ औं मिनेटमा लेबनानका लायला इस्कन्दरले गोलकिपर एन्जिलालाई बिट गर्दै प्रहार गरेको बल केही बाहिर गयो ।

खेलको २४ औं मिनेटमा साबित्रा भण्डारीले बल अगाडि बढाउँदै डि-बक्स भित्र लगेपनि उनले सन्तुलन गुमाइन् । २७ औ मिनेटमा साबित्राले नै अर्को अवसर खेर फालिन् । उनले डि-बक्स भित्र पाएको बल फ्रेमभन्दा निकै बाहिर गयो ।

खेलको ५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । साबित्राले क्रसमा उपलब्ध गराएको बललाई सबिता राना मगरले नियन्त्रणमा लिएर प्रहार गरेपनि उनको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा लेबनानले बराबरी गर्ने अवसर गुमायो । लेबनानका जाहा अराबीको डि-बक्स बाहिरबाट गरेको सशक्त प्रहार क्रस बारमा ठोक्किएर फर्कियो । अब नेपालले उपाधिका लागि म्यानमारसँंग प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले हराएको थियो ।