६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाइ



अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरु पनि उपस्थित हुनुभएको थियो । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए।

दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो ।

समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उहाँको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको सपथ लिनुभएको छ ।

राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, “गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागू हुनेछ।”

७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।

सांसद रेखा गुप्ताले यो ‘चमत्कार’ र ‘नयाँ अध्याय’ भएको र यसले राजनीतिमा महिलाका लागि परिवर्तनकारी अध्यायको सुरुवात गरेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै गुप्ताले भ्रष्टाचारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै हरेक रुपैयाँको दुरुपयोगको जवाफ उनीहरूले दिनुपर्ने बताउनुभयो ।

“यो एक चमत्कार हो, यो एक नयाँ प्रेरणा र नयाँ अध्याय हो। यदि म मुख्यमन्त्री बन्न सक्छु भने यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ ।”

उहाँले आफ्नो नेतृत्वमा रहने सरकारले जो कोही भ्रष्टाचारी भए पनि एक–एक रुपैयाँको हिसाब किताब माग्ने बताउनुभयो ।

साथै, उहाँले भारतीय जनता पार्टीको उच्च नेतृत्तप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय राजधानीमा शासन गर्न आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गर्नुभयो । यो ठूलो जिम्मेवारी हो । ममाथि विश्वास गरेको प्रधानमन्त्री मोदी र भाजपाको उच्च नेतृत्वलाई धन्यवाद दिन चाहन्छु ।

उहाँले भन्नुभयो, “मैले आफ्नो नेतृत्वको जिम्मेदारीको पूरा ईमानदारीका साथ पूरा गर्नेछु । मेरो पहिलो प्राथमिकता हाम्रो पार्टीले गरेका सबै प्रतिबद्धताहरू पूरा गर्नु हो र दोस्रो प्राथमिकता भनेको हाम्रा सबै ४८ विधायकहरूले टीम मोदीको रूपमा काम गर्नेछन्।”

यसअघि, भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूको बैठकले रेखा गुप्तालाई विधायक दलको नेतामा चयन गरेको थियो ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उहाँको नेतृत्वमाथि विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “गुप्ताजीलाई दिल्लीको मुख्यमन्त्री को रूपमा शपथ लिनुभएकोमा बधाई । उहाँ क्याम्पसको राजनीति, राज्य सङ्गठन, नगरपालिका प्रशासन र अहिले विधायक र मुख्यमन्त्रीमा सक्रिय हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि पूर्ण उत्साहका साथ काम गर्नुहुनेछ । फलदायी कार्यकालका लागि उहाँलाई मेरो शुभकामना ।”




भर्खरै