४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्गिस्तानलाई हराउँदै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौं ।राजधानीमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानलाई हराउँदै म्यानमार फाइनल प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउदै म्यानमार फाईनल पुगेको हो । म्यानमार एक खेल आगवै फाईनल पुगेको हो ।

म्यानमारले पहिलो हाफको पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्‍यो । यस्तै, दोस्रो हाफको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्‍यो ।

लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा नेपाल र लेबनान भिड्दैछन् । खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेल जितेमा नेपालले पनि फाइनलको यात्रा तय गर्नेछ ।