२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाको नेतृत्वमा प्रशंसायोग्य काम भईरहेको छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताउनुभएको छ ।

नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।”

कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक पाँच ठाउँमा जग राखेर शिलान्यास गर्नुभएको छ । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रुपमा मानिन्छ ।

विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । वडाध्यक्ष सङ्गतले भन्नुभयो, “सांस्कृतिक सहरको पहिचान कायम गराउन परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो ।”

वडाभित्रका चार वटा फल्चा विसं २०७९ यता पुनःनिर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण भइरहेको छ । इना गणेश मन्दिर, इँटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।