२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको चीन र भारतसँग व्यापार घाटा उच्च



अ+ अ-

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोरेको छ ।

बिहिबार भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनाको तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा ८६१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो भने ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चालू आवको सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १०.०९ प्रतिशत बढी हो । गत आवमा सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

नेपालले भारतबाट ५९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने ९८ अर्ब रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ । जसअनुसार भारतसँग नेपालको व्यापार घाटा ४९८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, नेपालले चीनबाट १९२ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ भने २ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । जसअनुसार चिनसँग नेपालको व्यापार घाटा १९० अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

नेपालको यस अवधिमा १५९ भन्दा बढी देशसँग कारोबार गरेकोमा अमेरिकाबाट १४ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने निर्यात १० अर्ब रुपैयाँ नाघेको छ । यस्तै, जर्मनीबाट ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गरेकोमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।