२८ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको चीन र भारतसँग व्यापार घाटा उच्च



अ+ अ-

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोरेको छ ।

बिहिबार भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनाको तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा ८६१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो भने ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चालू आवको सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १०.०९ प्रतिशत बढी हो । गत आवमा सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

नेपालले भारतबाट ५९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने ९८ अर्ब रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ । जसअनुसार भारतसँग नेपालको व्यापार घाटा ४९८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, नेपालले चीनबाट १९२ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ भने २ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । जसअनुसार चिनसँग नेपालको व्यापार घाटा १९० अर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

नेपालको यस अवधिमा १५९ भन्दा बढी देशसँग कारोबार गरेकोमा अमेरिकाबाट १४ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने निर्यात १० अर्ब रुपैयाँ नाघेको छ । यस्तै, जर्मनीबाट ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गरेकोमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।