२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अर्बभन्दा बढिको अनलाइन जुवा सट्टाबाजी गर्ने चार भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाईन बेटिङ खेल्ने/खेलाउने कार्यमा संलग्न चार जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपूरका २२ बर्षीय आरीफ हुसेन, सोहि स्थानका २५ बर्षीय अविशेक मदेसिया, फत्तेपूरका ४२ बर्षीय अब्दुल कलाम र सोहि स्थानका ४० बर्षीय ईरफान पठान रहेका छन् । प्रहरी वृत महाराजगंज र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलिले अनलाइन जुवा सट्टाबाजी खेलाईरहेको अवस्थामा उनीहलाई पक्राउ गरेको हो ।

उनीहरुसँग बरामद गरिएको ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा दुई अर्ब भन्दा बढि नेपाली रुपैयाँ कारोबार हुनेगरी अनलाइन जुवा कारोबार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १२ थान ल्यापटप, १२ थान मोबाईल, ७ थान क्यालकुलेटर र हिसाबकिताबको अभिलेख राखिएको १३३ लुज पाना तथा ३ थान डायरी बरामत गरेको छ ।

उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।