४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानसभा सदस्य विदुर सापाकोटाको निधन



अ+ अ-

काभ्रे। नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ ।

उनको काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

सापकोटाको पार्थिव शरिरलाई बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा राखिने पार्टीका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबाले जानकारी दिए । पार्टी विभाजन हुनुअघि उनले लामो समयसम्म नेकपा एमालेको जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए।