२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.38

Wind: 1.54

Humidity: 51

Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यक रहेको बताए ।

सम्मानित नेता खनालले ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा राज्यशक्तिको स्रोत जनतामा निहित हुनुपर्ने मान्यतालाई स्थापित गरेको ऐतिहासिक दिनमा सहिदको सपना पूरा गर्न वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए।

उनले समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र विकृति विसङ्गतिको अन्त्य गरी सहिदले कल्पना गरेको जनताको सुख, शान्ति तथा समृद्धिको लागि वैज्ञानिक समाजवादको खाँचो औँल्याए ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।