३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन



अ+ अ-

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जमा सञ्चालन हुँदै आएको नेपाल–इन्डो हस्पिटल एण्ड आई सेन्टर प्रालि बन्द गर्न निर्देशन दिए ।

अनुगमन टोलीले आज वीरगञ्जका विभिन्न निजी अस्पतालको स्थलगत अनुगमन गर्ने क्रममा सो अस्पतालले प्रचलित कानुनबमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको नदेखिएकाले तहाँ उपचाररत बिरामीलाई स्थान्तरण गरी अस्पताल पूर्ण रुपमा बन्द गर्न निर्देशन दिए।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले अनुगमनका क्रममा नेपाल इन्डो अस्पतालको आवश्यक कागजात नभेटिएकाले अस्पतालको सेवा सञ्चालन बन्द गर्न निर्देशन दिएको जानकारी दिए।

मुख्यमन्त्रीसहितको अनुगमन टोलीले वीरगञ्जका स्पर्श मल्टिस्पेशलिटी हस्पिटल, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई नवीकरण गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा वीरगञ्जका कुनैपनि निजी अस्पतालमा गुणस्तरीय प्रयोगशाला नभेटिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो । “२५ शय्यामाथिका अस्पतालको बेग्लाबेग्लै कक्ष हुनुपर्नेमा देखिएन”उनले भने  “सरकारको नीतिअनुसार यहाँका अस्पतालले १० प्रतिशत श्ययाको व्यवस्था गर्नुपर्नेमा सो गरेको पनि देखिएन ।”

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका करिब छ भन्दा बढी अस्पतालको अनुगमन गरिएको थियो ।