३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा स्विमिङको एस्का सर्टिफिकेसन क्लिनिक सुरु



अ+ अ-

काठमाडौँ। काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो ।

अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स कोर्समा सहभागी हुन ४ जना बङ्गलादेशबाट आएका छन् भने बाँकी २२ जना नेपाली रहेका छन् । उनीहरूलाई एटिबा बेडले ५ दिनसम्म प्रशिक्षण दिने छन् । बेड पूर्व एनसीएए अल–अमेरिकन पौडीबाज तथा दुई पटकको युएस ओलम्पिक ट्रायल्स छनोट भएका बेड हिगो फिटनेसका पनि संस्थापक हुन् ।

उनले ड्राइ ल्यान्ड फिटनेस ट्रेनिङ, पौडी प्रशिक्षण, पोषण सम्बन्धी सल्लाह तथा पौडीबाजहरूको भिडियो विश्लेषण गरेर नेपालमा पनि दक्ष प्रशिक्षक उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य अञ्जन धमलाले यस्ता प्रशिक्षणले नेपालको पौडी खेलमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण निजी क्षेत्रबाट भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा राखेप पनि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा डल्फिन्स स्विमका संस्थापक तथा निर्देशक युवराज सुनुवारले नेपालमा एस्का क्लिनिक गराउनु पर्छ भन्ने धेरै बर्सदेखिको चाहना अहिले आएर पूरा भएकोमा खुसी व्यक्त गरे ।

उनले अमेरिकन कोच एटिबा बेडले यहाँका प्रशिक्षकहरूलाई दिने ज्ञानले हाम्रो पौडीबाजहरूलाई मात्र होइन, समग्र नेपाली पौडी खेलको भविष्यलाई नै उज्ज्वल बनाउने विश्वास व्यक्त गरे । प्रशिक्षक बेडले एक सक्षम प्रशिक्षक बन्न धेरै कुराहरूको ज्ञान हुनु पर्ने भन्दै प्रशिक्षणबाट सक्दो फाइदा लिन सल्लाह दिए ।