६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आगलागीबाट रु ६० लाख बराबरको क्षति

आगलागीबाट रु ६० लाख बराबरको क्षति
अ+ अ-

हुम्ला । हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । 

बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताउनुभयो । उहाँका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेको थिए । 
 
आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो । 

क्षतिको विवरण केन्द्रमा पठाइयो
जिल्ला दैवीप्रकोप उद्धार समितिले रोडिकोट आगलागीमा भएको क्षतिको विवरण प्रदेश र सङ्घीय सरकारलाई पठाएको छ । सर्किदेउ प्रहरी चौकी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोली स्थलगत रुपमा सङ्कलन गरिएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिनुभयो ।

“स्थलगत रुपमा प्रहरीले तयार पारेको विवरण आउने बित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेर जानकारीसहितको पत्र केन्द्रमा पठाएको छु”, उहाँले भन्नुभयो, “आगलागी पीडितका लागि तत्काल आवश्यक पर्ने राहतको व्यवस्थापन गर्न तीन वटै तहका सरकारलाई अनुरोधसमेत गरेको छु ।” 

राहतसहितको टोली पठाउने तयारी
आगलागीबाट घरबारविहीन भएर छाक टार्न समस्या भएका पीडितलाई राहत सामग्री लिएर प्रदेश सरकारको टोली घटनास्थलमा जाने तयारी गरेको बताइएको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै प्रदेश सरकारले पीडित परिवारका लागि आवश्यक पर्ने राहत सामग्री लिएर एउटा टोलीलाई घटनास्थलतर्फ पठाउन लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । “पीडितलाई तत्काल कम्तीमा तीन महिनाको खाद्यान्न सामग्रीसहित राहत प्रदान गरिनेछ”, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भन्नुभयो, “नेपाली सेनाको हेलिकोप्टर पठाउने बारेमा गृह मन्त्रालयसँग समन्वय भइरहेको छ, सम्भव भए आजै एउटा टोली राहत सामग्री लिएर घटनास्थलतर्फ प्रस्थान गर्नेछ ।”