२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजाले त्यसै बोलेका छैनन्,सबै मिल्नुको विकल्प छैन: राप्रपा नेता मिश्र



अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गर्नुभएको सन्देश राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी जाने बाटोको रुपमा लिनु भएको छ ।

सन्देश बारे सामाजिक संञ्जालमा आफ्नो दृष्टिकोण राख्दै नेता मिश्रले ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी रहेको जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ– राजाले त्यसै बोलेका छैनन्। सबै मिल्नुको विकल्प छैन।

उहाँले लेख्नु भएको छ –

१। राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन। राजासंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा #नैतिकसंकट#ज्ञानकोसंकट चरम अवस्थामा पुर्याएर देशलाई नै #अस्तित्वकोसंकट उन्मूख बनाइदिए।

२। तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाऊँमा आउन अत्यावश्यक छ। राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै #नवीनसमझदारी मा जाने मनसाय भएको स्पष्ट भाव छ।

३। राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने Systemic Overhauling पद्दतिपूर्ण र शान्तिपूर्ण हुने छैन। त्यो कसैका लागि पनि हितकर हुँदैन।

४। ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी छ। राजाले त्यसै बोलेका छैनन्। सबै मिल्नुको विकल्प छैन।

५। छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुन: दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ। विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन।

६। जहाँसम्म देशभित्रका राजसंस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ-आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ।

७। मैले पहिले पनि बोलेको र लेखेको हुँ: झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने, र, अपवादलाई छोडेर, हामी — झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहंले पूर्ण — राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ। अब त्यो कार्य तत्काल रोकौँ। नत्र राजसंस्थावादीहरूले, अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन्।

८। ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन्। अब ती नेताहरूले कुरा नचपाइ बोल्न पर्छ।

९। त्यस्तै अनौपचारिक भेटघाट/चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौलि-तौलि बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन।

१०। अनि राजालाई झापा गएर भेटेर “राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?” भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नी! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु।

११। जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसैगरी आ-आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो।

१२। छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र systemic overhauling को बाटोमा देश गएको देख्न पाइयोस्! प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी

पूर्वराजा शाहले राष्ट्र जोगाउन , राष्ट्रिय एकता कायम राख्ने देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन देशवासीहरुलाई आह्वान गर्नुभएको थियो । । उहाँले नेपालको उन्नतिकोे लागि अरु के के त्याग गर्नु पर्ने हो तयार रहेको पनि जनाउनु भएको छ ।

उहाँले भन्नुभएको छ– अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।