२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने



अ+ अ-

काठमाडौँ । नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रश्तुत गर्ने छन् । उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली बिहीवार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएका छन् ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रश्तुत गर्दैछन् । जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिष्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ । उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधवार नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षणअनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिए । साथै उनले एसियन गेम्सको तयारीमा रहेको मिसन–२०२६ मा स्थान बनाउनका लागि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिककंदै अहिले मिसन–२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उनीहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पारे ।