२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीहरुलाई लैङ्गिक हिंसाबाट जोगाउन लुम्बिनीमा ‘सेफ गर्ल्स’ परियोजना शुरु



अ+ अ-

काठमाडौं । किशोरीहरूलाई हानिकारक अभ्यास तथा लैङ्गिक हिंसाबाट जोगाउने उद्देश्यले लुम्बिनी प्रदेशमा ‘सेफ गल्र्स’ परियोजना शुरु गरिएको छ ।

विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म वृहत यौनिकता शिक्षाको पहुँच पु-याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पु¥याउने उद्देश्यले परियोजना शुरु गरिएको हो । कोरिया अन्तर्राष्ट्रिय सहकारी एजेन्सी (कोइका) र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को सहयोगमा तथा प्रादेशिक मन्त्रालयहरूको सहकार्यमा उक्त परियोजना शुरू भएको हो ।

कोइकाले परियोजनाका लागि ६६ लाख अमेरिकी डलरको सहयोग प्रदान गर्नेछ । जसअन्तर्गत लुम्बिनी प्रदेशमा मात्र २२ लाख अमेरिकी डलर विनियोजन गरिएको छ । ‘सेफ गल्र्स’ परियोजनामार्फत किशोरीहरूलाई सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पु¥याउनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी सुरक्षित स्थानहरू उपलब्ध गराइने बताइएको छ । उक्त परियोजना नेपालका लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका २० स्थानीय तहमा परियोजना लागू गरिने बताइएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले किशोरीहरूको सशक्तिकरणमा राज्यको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । परियोजनाको शुभारम्भ गर्दै उहाँले समाजमा सचेतना अभिवृद्धि गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

नेपालका लागि प्लान इन्टरनेसनलका निर्देशक राम किसनले किशोरीहरूलाई सशक्त बनाउन सुरक्षित स्थानहरू तथा लैङ्गिक हिंसाविरुद्धको सुदृढ समर्थन प्रणाली आवश्यक रहेको बताउनु भयो । लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले यस परियोजनाले लैङ्गिक समानताको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।